• ट्रेण्डिङ्ग :
अनाथालयकी बालिका बलात्कार गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

अनाथालयकी बालिका बलात्कार गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ


  • 7.3K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    अनाथालयकी बालिका बलात्कार गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

    काठमाडौं, २८ जेठ । बालिका बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।

    प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

    राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप