लागू औषधसहित दुई जना पक्राउ

लागू औषधसहित दुई जना पक्राउ


  • 8.1K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    लागू औषधसहित दुई जना पक्राउ

    काठमाडौं, २८ जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।

    उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु८४प ८१०८ नंम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि  थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कञ्चनपुर

  • तेस्रो आँखा
    लेखकबाट थप