• ट्रेण्डिङ्ग :
महोत्तरीमा बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, घटनामा संलग्न दुई जना पक्राउ

महोत्तरीमा बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, घटनामा संलग्न दुई जना पक्राउ


  • 6.2K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    महोत्तरीमा बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, घटनामा संलग्न दुई जना पक्राउ

    काठमाडौं, २८ जेठ । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    images

    स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले बताएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्’ प्रहरी निरीक्षक राईले भने, ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

    पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महाेत्तरी

  • तेस्रो आँखा
    लेखकबाट थप