• ट्रेण्डिङ्ग :
नेपालको प्रजातन्त्रको जग नै मजदुर आन्दोलन हो- गृहमन्त्री खाण

नेपालको प्रजातन्त्रको जग नै मजदुर आन्दोलन हो- गृहमन्त्री खाण


  • 7.6K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नेपालको प्रजातन्त्रको जग नै मजदुर आन्दोलन हो- गृहमन्त्री खाण

    काठमाडौं, २९ जेठ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्रजातन्त्रको जग नै मजदुर आन्दोलन भएको बताएका छन् । 

    images

    आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौँ सम्मेलन उद्घाटन समारोहमा मन्त्री खाणले यस्तो बताएका हुन् । ‘नेपालको प्रजातन्त्रको जग नै मजदुर आन्दोलन हो’, मन्त्री खाणले भने ‘प्रजातान्त्रिका आन्दोलन भन्दा मजदुर आन्दोलन जेठो हो । यी दुबै आन्दोलन एउटै सिक्काका दुई पाटा हुन् । यीनिहरु सँधै सँगै अगाडि बढ्दै आएका छन् ।’ उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मजदुर आन्दोलनकाे भूमिका अतुलनीय रहेको बताए । 

    नेपालमा राजनीतिक परिवर्तन धेरै भएपनि आम नागरिकको जीवस्तरलाई आफूहरूले खासै परिवर्तन गर्न नसकेको पनि उनले बताए । मजदुर, किसान, गरिबीहरुको लागि आफूहरुले खासै ठूलो परिवर्तन ल्याउन नसकेको उनको भनाइ छ । कोरोना महामारीको समयमा सबैभन्दा ठूलो समस्यामा श्रमिक वर्ग परेको भन्दै उनले सरकार श्रमिकको लागि काम गर्न सँधै तत्पर भएको बताए । 

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • तेस्रो आँखा
    लेखकबाट थप