भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण

भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण


  • 7.4K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण

    काठमाडौं,३० जेठ । भोजपुरको हतुवागढी गाउँपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।  वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक वितरण गरेको हो । “विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् ।

    images

    सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो”, वडाध्यक्ष थापाले भने । शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ ।

    उनले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजनासमेत बताए  । थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गर्नुभएको हो । 


    तेस्रो आँखा
    लेखकबाट थप