काठमाडौं,३० जेठ । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको आलोचना गरेकी छन् ।
संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उनले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र कांग्रेसकै बेइज्जत भएको भन्दै यादवको आलोचना गरेकी हुन् ।
‘किसानहरु मल नपाएर छटपटाइ रहेका छन्,’ उनले भनीन, ‘कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको कुराले गठबन्धन सरकार रकांग्रेसलाई बेइज्जत भएको छ ।’ गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा बेइज्जत भएको उनले बताइन् ।
रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भनिन्, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन । बेइजत त हाम्रै कांग्रसको हुन्छ नि नेतृत्व हाम्रो छ ।
