• ट्रेण्डिङ्ग :
मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन्छ-प्रचण्ड 

मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन्छ-प्रचण्ड 


  • 6.9K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन्छ-प्रचण्ड 

    काठमाडाैं,३० जेठ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए ।  

    images

    पार्टीको कार्यक्रममा सोमबार दाहालले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको दाहालको भनाइ छ । अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता सम्ममा चुनाव गर्ने भन्ने छ, उनले भने ।

    दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए । एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ ।

    सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ । जे भएपनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,ु उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले भूमिका खेल्नुपर्ने दाहालको भनाइ थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप