• ट्रेण्डिङ्ग :
कोटेश्वरबाट १० कछुवासहित दुई जना पक्राउ

कोटेश्वरबाट १० कछुवासहित दुई जना पक्राउ


  • 6.6K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कोटेश्वरबाट १० कछुवासहित दुई जना पक्राउ

    काठमाडाैं,  काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । 

    images

    कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    उनीहरूले प्रयोग गरेको बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप