• ट्रेण्डिङ्ग :
यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु 

यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु 


  • 5.4K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु 

    काठमाडाैं,३० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान  हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

    images

    ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप