काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्षका प्रत्यासी कमल थापाले आफु अत्यधिक बहुमतले विजयी हुने दावी गर्नुभएको छ । राप्रपाको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा मतदान प्रक्रियामा सहभागि भई पत्रकारलाई प्रतिक्रिया दिनेक्रममा नेता थापाले पार्टीको उद्धेश्य र विधी विधान अनुसार अघि बढेकाले आफ्नो जित सुनिश्चीत भएको दावी गर्नुभयो ।
