• ट्रेण्डिङ्ग :
सहज सेवा प्रवाहका लागि नगरपालिकाको एकीकृत भवन शिलान्यास

सहज सेवा प्रवाहका लागि नगरपालिकाको एकीकृत भवन शिलान्यास


  • 7.9K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    सहज सेवा प्रवाहका लागि नगरपालिकाको एकीकृत भवन शिलान्यास

    काठमाडौं,३१ जेठ । वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकिकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेल, नगर प्रमुख मोहनमाया ढकाल र निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले संयुक्त रुपमा शुभारम्भ गरे ।

    images

    रु १० करोड ७१ लाख लागत अनुमान गरिएको पाँच तले भवन लिफ्ट सुविधासहितको हुनेछ । सो अवसरमा नगर प्रमुख ढकालले संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको बताए । सेवाग्राहीको बढ्दो चापका कारण हाल सञ्चालनमा रहेको भवनबाट सेवा प्रवाहमा असहजता सिर्जना भएकाले नयाँ भवन निर्माण थालिएको उनको भनाई छ ।

    “संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व हो,” नगर प्रमुख ढकालले भने, “गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि सुविधासम्पन्न एकिकृत प्रशासनिक भवनको निर्माण गर्न लागेका हौं ।”

    निवर्तमान नगर प्रमुख सुवेदीले प्रशासनिक भवन समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे ।

    प्रदेशसभा सदस्य कंडेलले चुनावमा फरक खालका प्रतिवद्धता भएपनि नगरको विकासका लागि ती सबै साझा प्रतिवद्धता भएको बताए । २७ महिनामा सम्पन्न गरि सक्ने गरी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ । हालको नगरपालिका कार्यालयको पूर्वी क्षेत्रको खाली जग्गामा भवन बन्नेछ ।


    तेस्रो आँखा