• ट्रेण्डिङ्ग :
प्रदेश एकमा भारी वर्षाको सम्भावना

प्रदेश एकमा भारी वर्षाको सम्भावना


  • 4.3K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    प्रदेश एकमा भारी वर्षाको सम्भावना

    काठमाडौं,३१ जेठ । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    images

    त्यस्तै, मधेश प्रदेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू/भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

    भोलि बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा
    लेखकबाट थप