त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघकाे प्रदर्शन 

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघकाे प्रदर्शन 


  • 5.9K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघकाे प्रदर्शन 

    काठमाडौं,३१ जेठ । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । मंगलबार विहान क्याम्पसको प्राङ्गणमा संघका कार्यकर्ताले भवन पुनर्निर्माणको माग राखी प्रदर्शन गरिएको हो ।

    images

    घण्टाघर साइडको भवनहरू जीर्ण रहेको बताउँदै अध्ययनरत सेरेन जोशीले भने,’भूकम्पपछि भवनको पुनर्निर्माण हुन सकेन । पानी चुहिन्छ । कति खेर भत्केर मरिन्छ जस्तो हुन लाग्यो ।

    भवन जीर्ण बनेको छ ।’पुन निर्माण प्राधिकरण,शिक्षा मन्त्रालय र पुरातत्व विभागमा जीर्ण भवनको बारेमा जानकारी गराएपनि सुनुवाइ नभएपछि विरोधमा उत्रनु परेको जोशीले बताए ।प्लेकार्डसहित विरोधमा उत्रेका विद्यार्थीले ‘प्रधानमन्त्री ज्यू,तपाईं पढेको कलेज कहिले बन्ने, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, इतिहास ढल्दैछ,सरकार मौन छ’ नारा लगाएका थिए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप