काठमाडौं, ३१ जेठ । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार साँझ तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।
उनीहरुले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
