• ट्रेण्डिङ्ग :
अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद अवरोध

अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद अवरोध


  • 9.1K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद अवरोध

    काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

    images

    एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

    अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित छानबिन समिति बनाउन माग गरेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप