काठमाडाैं,१ असार । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ुगठबन्धनभित्र उप गठबन्धनु गरेको जनाएको छ । अध्यक्ष माधवकुमार नेपालले मंगलबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस र माओवादीले ुउपगठबन्धनु गरेर इमान्दारिता देखाउन नसकेको आरोप लगाएका छन् ।
१३ पृष्ठ लामो प्रतिवदेनमा गठबन्धनभित्र, पार्टीभित्र र प्रविधि तथा प्रशासनिक समस्यालाई छुट्टाछुट्टै शीर्षकमा कमजोरीको बारेमा औंल्याएका छन् । प्रतिवेदनमा अध्यक्ष नेपालले गठबन्धन र पार्टीभित्र ७ प्रकारको समस्याहरु देखिएको जनाएका छन् । पाँच दलीय गठबन्धनभित्र आमरुपमा तालमेल नगरिएको मात्रै होइन गठबन्धनभन्दा बाहिरको दलहरुसँग तालमेल नगर्ने भन्ने गठबन्धनको निर्णयविपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले विभिन्न पालिकामा एमालेसँग समेत तालमेल गर्नपुगेु प्रतिवेदन भनिएको छ ।
नेपालको प्रतिवदेनमा गठबन्धनका दलहरुले कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह चुनावमा तालमेल नै गर्न नचाहेको, भएका निर्णयहरु कार्यान्वयन इमान्दारिता नदेखाएको, गठबन्धनभित्र कांग्रेस र माओवादीले उपगठबन्धन गरेको, गठबन्धन भएको ठाउँमा समेत इमान्दारीपूर्वक भोट नहालेको निष्कर्ष रहेको छ । त्यसैगरी गठबन्धनभित्रका दलहरुमा सहकार्यको भावना कमजोर रहेको, गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने चाहाना प्रमुख समस्या भएको नेपालको प्रतिवेदनमा उल्लेख छ । सो दलका नेताहरुले यसअघिदेखि नै कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार नभएको बताउँदै आएका थिए ।
वैशाख ३० गते भएको स्थानीय तह चुनावमा एकीकृत समाजवादीले एक महानगरपालिका र एक उपमहानगरपालिकासहित २० स्थानीय तहको प्रमुख वा अध्यक्ष जितेको थियो । त्यसैगरी २३ उपप्रमुख वा उपाध्यक्ष, १ सय ९० वडाध्यक्ष, १ सय ८४ महिला सदस्य, १ सय ८० दलीत महिला सदस्य, ३ सय ८९ जना खला सदस्य गरी ९ सय ८६ जना विजयी भएका छन् । सो दलले कांग्रेस र माओवादी केन्द्रबाट जति सहयोग हुनुपर्ने त्यति नहुँदा समस्या भएको बताएका छन् ।
