• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवाले (एसपीपी) मा तत्काल सम्झौता नगर्ने

प्रधानमन्त्री देउवाले (एसपीपी) मा तत्काल सम्झौता नगर्ने


  • 9.0K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    प्रधानमन्त्री  देउवाले (एसपीपी) मा तत्काल सम्झौता नगर्ने

    काठमाडाैं,१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नगर्ने संकेत देखाएका छन् । एसपीपीकै बिषयलाइ लिएर सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी  तत्काल सम्झौता नहुने संकेत गरेका हुँन् ।

    images

    करिव ७/८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा रहेकाे कुरा सार्वजनिक भएपछि देउवा यसबाट पछि हटेका हुन् । सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्किएकाे बताइएकाे छ  ।

    निर्वाचनको मुखमा ‘राष्ट्रवाद’ को मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएपछि प्रधानमन्त्रीले तत्काल सम्झौता नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘यसबारे उठेका आशंका र प्रश्नहरूमा भोलि (बुधबार) संसद्मा प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरूले प्रस्ट पार्ने तयारी छ,’ स्रोतले भन्यो ।

    प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । संसद्मा खड्काले दिएको अभिव्यक्तिबाट सत्ता गठबन्धनभित्रै अविश्वास बढेपछि प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरूले बुधबार जवाफ दिने तयारी गरेको स्रोतको भनाइ छ ।

    नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार ९नेसनल गार्ड० बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीप) का लागि अमेरिकाले तयार पारेको १० बुँदाको प्रस्ताव सोमबार सार्वजनिक भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप