बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


  • 5.3K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं, १ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बागलुङको बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । 

    images

    बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् । 

  • सम्बन्धित विषय:

  • # बागलुङ

  • तेस्रो आँखा
    लेखकबाट थप