• ट्रेण्डिङ्ग :
आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने


  • 6.6K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

    काठमाडौं,२ असार । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका  विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

    बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।
    बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

    संसद सचिवालयका अनुसार २३ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । प्रश्नको जवाफ दिने काम सकिएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप