• ट्रेण्डिङ्ग :
जग्गा रोक्का गरेपछि मुआब्जा दिनुपर्छ - प्रधानमन्त्री

जग्गा रोक्का गरेपछि मुआब्जा दिनुपर्छ - प्रधानमन्त्री


  • 5.0K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    जग्गा रोक्का गरेपछि मुआब्जा दिनुपर्छ - प्रधानमन्त्री

    काठमाडौं,३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गमा पर्ने जग्गाको मुआब्जा दिन सकारात्मक प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीलाई भेट्न पुगेको पूर्व पश्चिम रेलमार्ग अन्तर्गतको काकरभिट्टा-इनरूवा खण्डका प्रभावितहरूको प्रतिनिधि मण्डलसँग बुधबार कुरा गर्दै प्रधानमन्त्रीले पूर्व-पश्चिम रेलमार्ग मुआब्जा निर्धारण तथा समन्वय समितिका पदाधिकारी प्रधानमन्त्री देउवाले भने, जनताको जग्गा रोक्का गरेपछि मुआब्जा दिनुपर्छ, सरकारले जग्गा लिनलाई मुआब्जा दिनैपर्छ।

    images

    रेल प्रभावितहरूको तर्फबाट समन्वय समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट गर्न पुगेको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले बजेटको व्यवस्था गरेर मुआब्जाको प्रक्रिया अगाडि बढ्ने बताए।
    समन्वय समितिको तर्फबाट अध्यक्ष मैनाली, उपाध्यक्ष ओम बिमली, महासचिव रञ्जित प्रसाइ र सचिव ज्ञानेन्द्र निरौलाले मुआब्जामा भएको ढिलाइका कारण उत्पन्न समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

    प्रभावितहरूका तर्फबाट तत्काल मुआब्जाको व्यवस्था गर्नेसहितका ४ बुँदे मागपत्र सहितको ज्ञापन पत्रसमेत प्रधानमन्त्री देउवालाई बुझाइएको समन्वय समितिका अध्यक्ष मैनालीले बताए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रभावितहरूको तर्फबाट राजन शर्मा, रमेश दाहाल, सुनिल शाह र विश्वराज न्यौपानेको सहभागी थिए। 

     


    तेस्रो आँखा
    लेखकबाट थप