• ट्रेण्डिङ्ग :
चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम सामना गर्नुपर्‍यो -ओली

चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम सामना गर्नुपर्‍यो -ओली


  • 6.2K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम सामना गर्नुपर्‍यो -ओली

    काठमाडौं,२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए ।

    images

    उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए । ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् । देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै उनले त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । विकासका कामहरुलाई अघि बढाउन भिजन र योजनासहित अघि बढ्न निर्देशन दिँदै उनले भने, ‘विकासका लागि साझा प्रयास गर्नुहोस र विकासको अभियान्ता बन्नुहोस् ।’


    तेस्रो आँखा
    लेखकबाट थप