• ट्रेण्डिङ्ग :
एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार


  • 6.9K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार

    काठमाडौ,२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहिस्कार गरेको हो ।
    प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि खनिएका थिए । संसदमा बोल्दै उनले ‘गद्दार’ भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाएका छन् ।

    images

    भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धारीको विषयमा हामी बोलिरहेका छौ भनेका थिए । उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरियो । 


    तेस्रो आँखा
    लेखकबाट थप