• ट्रेण्डिङ्ग :
विनियोजन विधेयक बहुमतले पारीत

विनियोजन विधेयक बहुमतले पारीत


  • 7.3K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    विनियोजन विधेयक बहुमतले पारीत

    काठमाडौं,२ असार । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

    images

    त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।  विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए । उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति संहभागी भएको भन्दै छानबिन गर्न माग गरेको छ ।जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप