• ट्रेण्डिङ्ग :
कर्णाली  प्रदेशका सबै मन्त्रालय एउटै कम्पाउन्ड भित्र बनाउने तयारी

कर्णाली  प्रदेशका सबै मन्त्रालय एउटै कम्पाउन्ड भित्र बनाउने तयारी


  • 7.0K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कर्णाली  प्रदेशका सबै मन्त्रालय एउटै कम्पाउन्ड भित्र बनाउने तयारी

    काठमाडौं,२ असार। कर्णाली प्रदेश सरकारले आठवटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जस्लाई कर्णाली सिंहदरबारझनाम दिइएको छ । हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरबार बनाईने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

    images

    बजेटबारे जानकारी दिन बिहिवार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, हामीले यो गत आर्थिक वर्षमै बनाउँन खोजेका थियौं तर सफल हुन सकेको थिएन् । आगामी आर्थिक वर्षबाट कार्यन्वयनमा आउँछ । त्यसका लागि बजेटपनि छुट्याएका छौं।’

    उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० समेत तयार पारेको थियो । तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झण्डै दुई बिघा जग्गामा आठवटै मन्त्रालयका भवन बनाइनेछ । त्यस्का लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली सिंहदरबार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाताबाट सुरक्षा पाउँने मन्त्री विष्टको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप