ओलीले जबजलाई नारायणी नदीमा बिसर्जन गरेः अध्यक्ष नेपाल

ओलीले जबजलाई नारायणी नदीमा बिसर्जन गरेः अध्यक्ष नेपाल


  • 7.4K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    ओलीले जबजलाई नारायणी नदीमा बिसर्जन गरेः अध्यक्ष नेपाल
    • तेस्रो आँखा डेक्स

    काठमाडौं, १८ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा गठबन्धनले साझा उम्मेदवार घोषणा गर्ने बताउनुभएको छ ।

    images

    अर्धखाँचीमा आयोजित कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्री नेपालले गठबन्धनप्रति गरिएका सबै आशंकाहरू मेटाउने दावी गर्नुभयो ।

    अध्यक्ष नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गर्नुभयो । उहाँले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने भन्दै यसलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।  

    अर्घाखाँचीमा एमाले उम्मेदवारलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन कुरा मिलिसकेको नेपालले दाबी गर्नुभयो । संविधान कुल्चिएर प्रतिगामी दक्षिणपन्थी बाटोतिर लाग्ने ओली एमालेको भविष्य अब नरहने बताउनुभयो ।

    केपी शर्मा ओलीले चितवनमा कुम्भमेला गरेर तमासा देखाएर जनताको बहुदलीय जनवादको माला जपेर जबजलाई नारायणी नदीमा बिसर्जन गरेर काठमाडौ फर्केको आरोप लगाउनुभयो ।

    आफूसहित अन्य पदमा उम्मेदवारी दिनेलाई मत नदिन भन्न लगाएर हरिबिजोग गराएको उहाँको टिप्पणी थियो । 

    madhv 2.jpg

  • सम्बन्धित विषय:

  • # अध्यक्ष नेपाल

  • तेस्रो आँखा