अर्बिट इन्टरनेशनल कन्सल्टेन्सीका शेयरधनी नै ठगिएपछि...

अर्बिट इन्टरनेशनल कन्सल्टेन्सीका शेयरधनी नै ठगिएपछि...


  • 7.9K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    अर्बिट इन्टरनेशनल  कन्सल्टेन्सीका शेयरधनी नै ठगिएपछि...

    काठमाडाैं,२ असार ।  काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। अधिकारीले सो प्रालिको शेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटकपटक ताकेता गर्दा पनि शेयर स्वामित्व हस्तान्तरण नगरी प्रकाश पाण्डेलाई बेचेको पाइएको छ।

    images

    अधिकारीले हाल उक्त कन्सल्टेन्सी शैक्षिक परामर्श सङ्घ ९इक्यान० का अध्यक्ष प्रकाश पाण्डेलाई बिक्री गरिसकेका छन्। अध्यक्ष पाण्डेले आफूले कम्पनी रजिष्ट्रारको कार्यालय र कानूनी अवस्था बुझेर अधिकारीसँग कम्पनी लिएको र तामाङले त्यसअघि किन्नका लागि रकम दिएको भन्ने हाल मात्रै थाहा पाएको बताए। अधिकारीमाथि अन्य कीर्ते र ठगीका मुद्दा पनि प्रहरीसमक्ष आउन थालेका छन्।

    सरकारी जग्गासमेत बैना गरी ठगी गरेका विषयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्विरसहित घटना विवरण सार्वजनिक गरेको थियो। पीडित तामाङले अधिकारीले आफूलाई शेयर स्वामित्व हस्तान्तरण नगरी कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानूनी उपचारका लागि प्रहरीसमक्ष पुगेको बताए। कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नआइरहेकाे भएपनि कन्सल्टेन्सीका शेयरधनी नै ठगिएकाे याे ङटना नयाँ हाे  । 


    तेस्रो आँखा
    लेखकबाट थप