राप्रपा नेतृत्वका लागि मध्यरातसम्म मतदान हुने, ८६ वटा विद्युतीय मेसिन प्रयोग (भिडियो)

राप्रपा नेतृत्वका लागि मध्यरातसम्म मतदान हुने, ८६ वटा विद्युतीय मेसिन प्रयोग (भिडियो)


  • 6.6K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    राप्रपा नेतृत्वका लागि मध्यरातसम्म मतदान हुने, ८६ वटा विद्युतीय मेसिन प्रयोग (भिडियो)

    तेस्रो आँखा डेक्स

    images

    काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि मतपत्र र अन्य पदमा विद्युतीय मतदान भइरहेको छ ।

    बिहान ढिला गरी सुरु गरेका कारण मतदान सकिन मध्यरातसम्म लाग्ने महाधिवेशन प्रचार प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । एक जनालाई मतदान गर्न आधा घण्टा लाग्ने गरेको छ । महाधिवेशनमा ४ हजार ३८० जना प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।

    मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्दा मतदान कार्य रातिसम्म लाग्ने संयोजक श्रेष्ठले बताउनुभयो । मतदानमा ८६ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतगणना सकिएको चार घण्टाभित्र परिणाम आइसक्नेछ ।

    राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, १४१ पदका लागि २७० जना उम्मेदवार छन् । 

    राप्रपाको १९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा