• ट्रेण्डिङ्ग :
संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ


  • 4.9K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

    काठमाडौं,३ असार । काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

    images

    गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप