• ट्रेण्डिङ्ग :
राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै गर्दैन - प्रकाशमान सिंह

राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै गर्दैन - प्रकाशमान सिंह


  • 9.8K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै गर्दैन - प्रकाशमान सिंह

    काठमाडौं,३ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् ।

    images

    उनले राष्ट्रहित विपरितका काम काँग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे । नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरु पारदर्शी हुन आवश्यक रहेको पनि बताए । उनले स्टेट पाटनरशीप प्रोग्राममार्फत विपदका बेलामा सरकारले नागरिकका लागि सहयोग मागेको बताए ।

    उनले भने, ‘राष्ट्रलाई अहित हुने काममा काँग्रेसलाई इन्भल्व हुने कुरा काँग्रेस सरकारले गर्छ भनेर सोच्ने कुरा ठीक होइन । त्यसबेला को प्रधानमन्त्री, को परराष्ट्रमन्त्री थियो भन्ने रेकर्ड राख्ने राम्रै होला, त्यसमा के लुकेको छ रु ट्रान्सपरेन्ट तवरले हरेक कुरा टुंगो लाग्नुपर्छ ।’

    उनले फेरि भने, ‘लुकिछिपी गर्ने, यो डकुमेण्टमा हाम्रो सहभागिता छैन भनेर लुकाउने कुरा आउँदैन । स्टेटलाई अघि बढाउँदा कुनै कुरा, डकुमेण्टमा पनि अपारदर्शी, शंकाको दृष्टिले हेर्ने गरिकन कुनै ठाउँ राख्नुहुँदैन ।’त्यस्तै नेता सिंहले सरकारले कुनैपनि हालतमा एसपीपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप