• ट्रेण्डिङ्ग :
जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेस–माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेस–माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित


  • 5.5K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेस–माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित

    काठमाडौं,४ असार । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह निर्वाचित भएका छन्। कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार रहेका सिंह जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन्। 

    images

    उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो पनि निर्विरोध निर्वाचित भए।  उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

     सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन्। यस्तै, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप