• ट्रेण्डिङ्ग :
श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ -नेता श्रेष्ठ

श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ -नेता श्रेष्ठ


  • 5.5K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ -नेता श्रेष्ठ

    काठमाडौं,४ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । 

    images

    एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ ।

    एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरुमा समेत गम्भीर छैनन्  भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप