काठमाडौं, १९ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् ।
आइतबार बिहान सकिएको मतगणना अनुसार, लिङदेनले १ हजार ८४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी कमल थापाले १ हजार ६१७ मत पाए ।
पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् ।‘
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना ।
प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले ट्वीट गरेका छन् ।
