• ट्रेण्डिङ्ग :
आईजी बढुवा प्रकरण - हेर्दाहेर्दैको मुद्दामा आइतबार सुनुवाइ हुने

आईजी बढुवा प्रकरण - हेर्दाहेर्दैको मुद्दामा आइतबार सुनुवाइ हुने


  • 6.8K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    आईजी बढुवा प्रकरण - हेर्दाहेर्दैको मुद्दामा आइतबार सुनुवाइ हुने

    काठमाडों,५ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज आइतबार सुनुवाइ हुने भएको छ।  आफूभन्दा जुनियरलाई आईजी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्। 

    images

    गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो।  आइतबार  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। आइतबार विश्वराज पोखरेलका कानुन व्यवसायीले  धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्ने छन्।

    उनीहरुको बहसपछि सिंहका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यस्तै सरकारको निर्णयको बचाउ गर्दै सरकारी वकिलहरुले बहस गर्ने छन्। सरकारी पक्षको बहसपछि पोखरेलका कानुन व्यवसायीले जवाफी बहस दिएपछि अदालतले फैसला सुनाउनेछ। सर्वोच्चले रिट खारेज गरे सिंह प्रहरी प्रमुख निरन्तर हुनेछन् भने जारी गरे विश्वराज पोखरेल नयाँ प्रहरी प्रमुख हुने छन्।
    सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप