• ट्रेण्डिङ्ग :
सरकारले एसपिपी खारेज गर्नुपर्छ-अध्यक्ष नेपाल

सरकारले एसपिपी खारेज गर्नुपर्छ-अध्यक्ष नेपाल


  • 5.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    सरकारले एसपिपी खारेज गर्नुपर्छ-अध्यक्ष नेपाल

    काठमाडौं,५ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)खारेज गर्नुपर्ने बताएका छन्। पार्टी निकट युवा संघ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए।

    images

    एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने प्रष्ट पारे। यो अन्यौलको अवस्था चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए। अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल जारी रहेको जानकारी दिए।

    त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपिपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लोपटक सार्वजनिक पत्रले अन्यौल थपेको बताउँदै उनले भने, अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको। कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो। उठ्दै जाँदा फेरि संसद जसले आवाज उठाएका थिए, जोडदार रूपमा हंगामा गरेका थिए, त्यही पार्टी जोडिएको देखिएको छ। उक्त कार्यक्रममा अध्यक्ष नेपालले युवा संघको उपत्यका युवा विशेष जिल्ला कमिटीको नवगठित कार्यसमितिलाई शपथ गराए। सुशील भट्टराईको नेतृत्वमा ३१ सदस्यीय युवा संघको कमिटी गठन गरिएको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप