• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ -माधव नेपाल

मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ -माधव नेपाल


  • 5.8K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ -माधव नेपाल

    काठमाडाैं,५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताएका छन् । अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेकोले उक्त निर्णय छिट्टै कार्यान्वयनमा आउने बताएका हुन् । 

    images

    ‘छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई भनेका भन्यै छौँ ।’ मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले पटक पटक आग्रह गर्दै आएको पनि उनले बताए । उनले मन्त्रिपरिषद् पुनर्गठनको मिति भने तय भइनसकेको बताएका बताए ।

    एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भने पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । मन्त्री परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप