• ट्रेण्डिङ्ग :
एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको महतकाे आरोप

एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको महतकाे आरोप


  • 5.3K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको  महतकाे आरोप

    काठमाडाैं,५ असार । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे ।

    images

    ‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’  नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ ।

    स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

     


    तेस्रो आँखा
    लेखकबाट थप