मंसिर महिनामा प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन हुन्छ: माधव नेपाल

मंसिर महिनामा प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन हुन्छ: माधव नेपाल


  • 7.9K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    मंसिर महिनामा प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन हुन्छ: माधव नेपाल

    काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने बताएका छन् । आइतबार सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले गठबन्धनको बिहानको बैठकमा सोबारे छलफल भएको बताए ।

    images

    ‘आज बिहानको छलफलमा निर्वाचनको तयारीमा जुट्नुपर्ने कुरा भएको छ । संघीय र प्रदेशसभाको निर्वाचन छ महिनाभित्र निर्वाचन हुन्छ,’ उनले भने,‘मंसिर महिनालाई आधार मानिरहेका छौं । अहिलेदेखि नै छलफल चलाउनुपर्ने आवश्यकता छ । त्यसमा उम्मेदवार र सिट बाँडफाँटका विषयमा ।’ ती निर्वाचनमा पनि गठबन्धन गरेरै जाने अध्यक्ष नेपालले बताए ।