• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय


  • 7.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

    काठमाडौं, ५ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    images

    आइतबार बसेको समिति बैठकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी विषयमा छलफल गरेको थियो। उक्त छलफलका लागि समितिले प्रधानमन्त्री देउवालाई पनि बोलाएको थियो। प्रधानमन्त्री देउवा भने समिति बैठकमा गएनन्। बिहान ८ बजे देउवाको सचिवालयले प्रधानमन्त्रीको समय नभएकाले आउन नसक्ने जानकारी समितिलाई दिएको थियो।

    पछिल्लो समय राजनीतिक वृत्तमा तरंग ल्याएको एसपिपीबारेको छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का समिति सदस्यहरूले आलोचना गरेका थिए। एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए। अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरेका थिए। कांग्रेस सांसदहरूले भने समिति बैठकमा प्रधानमन्त्री नआउनु सामान्य कुरा भएको भन्दै यसबारे कुनै निर्णय गर्नु नपर्ने तर्क गरेका थिए। सुरूमा समितिले प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकुल भएको व्यहोरासहितको निर्णय गर्न लागेको थियो।

    त्यसपछि समितिमा सांसदहरूबीच चर्काचर्की भएको थियो। एक घन्टाभन्दा बढी समय सांसदहरूले वादविवाद गरेपछि समिति सभापति पवित्रा निरौलाले हो-हल्लाबीच प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय सुनाएकी थिइन्। निरौलाले निर्णय सुनाएसँगै समितिको आजको बैठक सकिएको छ। समितिले एसपिपीबारे यसअघि गत शुक्रबार परराष्ट्र नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप