कांग्रेस विगतदेखि नै राष्ट्रहितको पक्षमा उभिने पार्टी हो: वरिष्ठ नेता पौडेल

कांग्रेस विगतदेखि नै राष्ट्रहितको पक्षमा उभिने पार्टी हो: वरिष्ठ नेता पौडेल


  • 6.6K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कांग्रेस विगतदेखि नै राष्ट्रहितको पक्षमा उभिने पार्टी हो: वरिष्ठ नेता पौडेल

    काठमाडौं, ५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस विगतदेखि नै राष्ट्रहितको पक्षमा उभिने पार्टी भएको बताएका छन् । व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । “केही दलहरु भ्रम छरेर राष्ट्रवादी बन्न खोज्दैछन्, कांग्रेस विगतदेखि नै राष्ट्रहितका लागि समर्पित छ”, उनले भने । 

    images

    जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने पौडेलको सुझाव थियो । “जनताको माग र आवश्यकता के हो त्यसलाई बुझेर काम गर्न सके जनप्रतिनिधि सफल हुन्छन्”, पौडेलले भने । पौडेलले राजनीति र विकासलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखे । विकास राजनीतिको बाटोबाट बाहिर जान नमिल्ने बताउँदै पौडेलले भने, “राजनीतिलाई स्थायी बनाएर विकास अभियानलाई पूर्णता दिनुपर्छ । स्थायी राजनीतिका लागि कांग्रेस सदैव क्रियाशील छ ।” भ्रष्टाचार अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न पौडेलले आग्रह गरे। 

    वरिष्ठ नेता पौडेलले नेताले कार्यकर्ताको मूल्याङ्कन गर्ने तर जनताले पनि नेताको मूल्याङ्कन गर्नुपर्ने टिप्पणी गरे । नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले मूल्याङ्कन गर्नुपर्ने पौडेलले बताए। सो अवसरमा व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप