• ट्रेण्डिङ्ग :
काठमाडौंको कल सेन्टरबाट अमेरिकामा ठगी, २ भारतीय र ११ नेपालीसहित १३ जना पक्राउ

काठमाडौंको कल सेन्टरबाट अमेरिकामा ठगी, २ भारतीय र ११ नेपालीसहित १३ जना पक्राउ


  • 5.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    काठमाडौंको कल सेन्टरबाट अमेरिकामा ठगी, २ भारतीय र ११ नेपालीसहित १३ जना पक्राउ

    काठमाडौं, ५ असार । काठमाडौंमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिकसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकोे हो । 

    images


    उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरुलाई साइबर ब्यूरोले पत्रकार सम्मेलन गरेर आइतबार सार्वजनिक गरेको हो। उनीहरुबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप