बुटवल,असार ६ । बुटवलको तिनाउ खोलाको बाढीले बगाएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ ।
उनी मध्यराती खोलामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डीएसपी केसीले बताए ।
कल्पना डुम्रे
