कमल थापा पक्षले थाल्यो चुनावी परिणामको समीक्षा, रेखाले कुन्तीलाई दिइन् बधाई

कमल थापा पक्षले थाल्यो चुनावी परिणामको समीक्षा, रेखाले कुन्तीलाई दिइन् बधाई


  • 8.5K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    कमल थापा पक्षले थाल्यो चुनावी परिणामको समीक्षा, रेखाले कुन्तीलाई दिइन् बधाई

    काठमाडाैं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चुनावी परिणामको समीक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ ।

    images

    राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरू निर्वाचन परिणाम समीक्षा गर्न भेला भएका हुन् ।

    'महाधिवेशनको समीक्षा गर्नका लागि याक एन्ड यतिमा सबै नेता भेला हुनुभएको छ, ' थापा पक्षका एक केन्द्रीय सदस्यले भने ।

    राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

    आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार लिङ्देनले १ हजार ८१७ र थापाले १ हजार ६१७ मत प्राप्त गरेका छन् ।

    पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

    यसैबीच, महामन्त्रीमा पराजित रेखा थापाले विजयी कुन्ती शाहीलाई बधाई दिएकी छन् ।

    सामाजिक सञ्जालमार्फत उनले दिएको बधाईमा भनेकी छन्- बधाई अनि शुभकामना ! तपाईंका अगामी दिन अझ सशक्त बनून् र पार्टीलाइ राम्ररी नेतृत्व गर्न सफलता मिलोस् ।


    तेस्रो आँखा