तेस्रोआँखा डेस्क
दाङ,मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भैरहेको मतगणनामा संस्थापन ईतर समुहले अग्रता लिएको छ । पदाधिकारी सहित प्रदेश सदस्यहरुमा संसथापन इतर समुहले अग्रता लिएको एक नेताले जानकारी दिएका छन् । अध्यक्ष अमरसिंह पुनले सय मत गणना हुँदा ५३ मत पाएका छन् भने अर्का प्रत्यासी भरतकुमार शाहले ४७ मत पाएका छन् । यसैगरि सदस्यको ४ सय मत गणना हुँदा सबै सदस्यहरु संस्थापन ईतर समुहकै अगाडी छन् । लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि शनिवार मतदान भएको थियो । संस्थापन समुह र संस्थापन ईतर समुह नेतृत्वका लागि प्यानलै बनाएर भिडेका छन् ।
