• ट्रेण्डिङ्ग :
इन्धनको मूल्यवृद्धिबारे सभामुखले गरे सरकारलाई रुलिङ

इन्धनको मूल्यवृद्धिबारे सभामुखले गरे सरकारलाई रुलिङ


  • 5.7K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    इन्धनको मूल्यवृद्धिबारे सभामुखले गरे सरकारलाई रुलिङ

    काठमाडौं,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देश गरेका हुन्। 

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन्।  सोमबार प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद पद्‌मा अर्यालले पेट्रोलिय पादर्थमा भइरहेको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएकी थिइन्। 

    अर्यालले मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गर्न आग्रह गर्दै रुलिङ नभए संसद् चल्न नसक्ने बताएकी थिइन्। त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिबारे वास्तविकता जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन्। 


    तेस्रो आँखा
    लेखकबाट थप