एमसीसीमा जस्तै घुँडा टेकेर एसपीपीलाई नेताहरुले पास गराउन सक्छन्– महरा

एमसीसीमा जस्तै घुँडा टेकेर एसपीपीलाई नेताहरुले पास गराउन सक्छन्– महरा


  • 7.8K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    एमसीसीमा जस्तै घुँडा टेकेर एसपीपीलाई नेताहरुले पास गराउन सक्छन्– महरा

    काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले एमसीसीमा जस्तै नेताहरुले घुँडा टेकेर एसपीपी पास गराउन सक्नेमा शंका व्यक्त गरेका छन् । 

    images

    सोमबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले संवाद डबलिमा आयोजना गरेको ४३ औँ जुगेडी किसान तथा ३१ औँ किसान संघर्ष दिवस कार्यक्रममा महाराले यस्तो बताएका हुन् । ‘राष्ट्रिय स्वाधिनता विपरीत छ भनेपछि हाल त एसपीपी सम्झौता रोकिएको छ’, महराले भने ‘तर दलका नेताहरुले एमसीसी सम्झौतामा जस्तै घुँडा टेकेर एसपीपी पास गराउने हुन् कि भन्नेमा मलाई शंका छ ।’

    महराले एसपीपी सम्झौता राष्ट्रिय स्वाधिनता विपरित भएको बताए । एसपीपी सम्झौता पास गराउने सम्भावना रहेको हुनाले त्यसप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे । एमसीसी सम्झौताले ढोका खोलेको हुनाले एसपीपी जस्ता सम्झौता देशमा भित्रिन थालेको उनको भनाइ छ । 

    उनले किसानको समस्यालाई सरकारले तत्काल समाधान गर्नुपर्ने पनि बताए । एक बोरा मलको लागि किसान गोली थाप्न तयार भएको भन्दै उनले यो अवस्था किसानको लागि दु:खद भएको स्पष्ट पारे । नेपाल किसानको बाहुल्य रहेको देश भएको र उनीहरुको समस्या पहिलो प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप