काठमाडाैं, ६ असार । बरष्ठि पत्रकार धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) अध्यक्षमा नियुक्त भएका छन् । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत रहेका झालाई सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयको प्रस्तावमा सरकारले झालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार झा विगत तीन दशकदेखि सक्रिय पत्रकारितामा क्रियाशील छन् । उनी पछिल्लो केही वर्ष देखि सूचनाको हक, जनचासोका समाचार र शुशासन पत्रकारिताका प्रशिक्षक भएर काम गर्दै आएका थिए ।
