• ट्रेण्डिङ्ग :
एसपीपी सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने सरकारकाे निर्णय

एसपीपी सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने सरकारकाे निर्णय


  • 5.3K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    एसपीपी सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने सरकारकाे  निर्णय

    काठमाडाैं,६ असार ।   सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौतालाई फिर्ता लिने प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रर बहादुर कर्कीले बताए ।

    images

    मन्त्रिपरिषदको निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।  

    नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोधमा सन् २०१९ मा स्वीकार गरिएको अमेरिकी दूतावासले जनाएको थियो ।

     


    तेस्रो आँखा
    लेखकबाट थप