• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै


  • 4.6K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौं,७असार । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। 
    बैठकमा गृहमन्त्री बालकृष्ण खाणले  सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

    images

    यस्तै, खाणले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    मन्त्री यादवले बिउ बिजन (दोस्रो संशोधन)विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले बताए।


    तेस्रो आँखा
    लेखकबाट थप