परिवारवादबाट बाहिरिन नसकेको प्रचण्डकाे राजनीति 

 परिवारवादबाट बाहिरिन नसकेको प्रचण्डकाे राजनीति 


  • 8.5K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.0K Views

     परिवारवादबाट बाहिरिन नसकेको प्रचण्डकाे राजनीति 

    काठमाडाैं,७ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) परिवारवाद र नातावादको सन्दर्भमा बेलाबेला चर्चामा आउने गरेको छ । बिशेषगरि पार्टीका जिम्मेवारी तथा पदहरुमा लगनशीलता र योग्यताको आधारमा नभई पुष्पकमल दाहाल प्रचण्ड परिवार र नातेदार भन्दा बाहिर निस्कन नसकेको भन्दै माओवादी केन्द्रको आलोचना हुँदै आएको छ । 

    images

    विद्यार्थी संगठनमै नभएकी प्रचण्डकी नातिनीलाई हिजो मात्रै अखिल क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ ।  यसै विषयलाई लिएर पार्टी भित्रैबाट प्रचण्डको पूनः एकपटक व्यापक आलोचना भैरहेको छ । आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रिय समिति बैठकले स्वर्गीय ज्ञानु दाहालको छोरी सृष्टि केसी दाहाललाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । स्वर्गीए ज्ञानु दाहाल प्रचण्डकी छोरी हुन् ।

    संगठनमै नरहेकी सृष्टिलाई अनेरास्ववियु (क्रान्तिकारी) कि अध्यक्ष पञ्चा सिंहले केन्द्रीय समितिमा राखेको भन्दै उनको समेत व्यापक आलोचना भएको छ । विद्यार्थी नेताहरुले लामो समय संगठनमा काम गरेका व्यक्तिहरुलाई पाखा लगाएर प्रचण्डको नातिनीलाई केन्द्रीय सदस्यमा मनोेनित गरेको भनीएपनि अध्यक्ष सिंहले भने उनी पहिलादेखि नै क्रान्तिकारी संगठनमा आबद्ध रहेको बताइन् ।

    सुरुदेखि नै सृष्टि संगठनमा काम गर्दै आएको हुनाले उनलाई प्रचण्डको नातिनी भएको कारणले भन्दा पनि उनको  योगदानको मुल्यांकन गरेर जिम्मेवारी दिएको सिंहको भनाइ छ । तर फ्याक्सन इन्चार्ज हितमान शाक्य र अध्यक्ष पञ्चा सिंहको जोडबलमा दाहाललाई मनोनयन गरिएको असन्तुष्ट नेताहरुले बताए । सदस्य मनोनितको विषयमा दुई पक्षबीच बैठकमै झडप भएको थियो भने प्रहरीलाई राखेर बैठक सञ्चालन गरिएको थियो । यसै विषयलाई लिएर आज उपाध्यक्ष पवन कार्की समुहले पत्रकार सम्मेलन गरेरै अध्यक्ष सिंहको आलोचना गरेको छ ।   

    पटक पटक विवादमा किन पर्छन प्रचण्ड ?

    माओवादी केन्द्रमा र प्रचण्डको हकमा नातावाद र परिवारवादको चर्चा र आलोचना भएको यो पहिलो मात्र होइन । प्रचण्ड परिवारवादको सन्दर्भमा पटकपटक चर्चामा आउने नाम हो । गएको महाधिवेशनमा प्रचण्डको परिवारबाट चार जना केन्द्रीय सदस्यमा मनोनित भएको थिए । सो समयमा पनि प्रचण्डको आलोचना भएको थियो । प्रचण्डले २३६ जनाको नाम घोषणा गर्दा आफ्नो नाम खुल्ला केन्द्रीय सदस्यमा पार्दा खस आर्य पूरुषतर्फको एक नम्बरमाा भाइ नारायाणप्रसाद दाहाललाई राखेका थिए । त्यस्तै भरतपुर महानगरिकी मेयर रेनु दाहाललाई खस आर्य महिलातर्फबाट केन्द्रय सदस्यमा मनोनित गरेका थिए ।

    उनले बुहारी बिना मगरलाई आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समावेश गरेका थिए । परिवारवादको प्रश्न प्रचण्डमाथि मात्र होइन अन्य दलतका नेताहरुलाई पनि लाग्ने गरेको छ । तर प्रचण्डले परिवारवादमा किर्तिमान नै कायम गरेको आरोप लाग्दै आएको छ । केहि समय अगाडि राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सदस्यमा प्रचण्डले आफ्नै नातेदार भाइ नारायणप्रसाद दाहाललाई पठाएको भन्दै उनको आलोचना भएको थियो । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई भरतपुरमा टिकट दिएको देखि लिएर उनलाई जिताउँन हदै सम्मको कार्य गरेको भन्ने आरोप पनि उनिमाथि लाग्दै आएको छ । 

    प्रचण्डमाथि बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाउँदा पनि परिवारवादमा उदारता भएको भन्ने आरोप लागेको थियो भने नेकपाको सरकार फेरबदल हुँदा अन्य मन्त्रीहरु परिवर्तन हुँदा बिना मगरको नभएको भन्दै प्रचण्डलाई त्यसमा मुछिएको थियो । आफ्नो छोरी गंगा दाहाललाई आफ्नो सचिवालय हेर्ने जिम्मेवारी दिएको भन्दै गंगा दाहालले सचिवालय हेर्ने जिम्मेवारी पाएको बेला आलोचना भएको थियो ।

    यसरी प्रचण्ड परिवारवादमा उदारवाद भएको र परिवारप्रति उनको झुकाव कढी भएको भन्ने आरोप प्रचण्डमा पटकपटक लाग्दै आएको छ । तर सृष्टिलाई विद्यार्थी संगठनको केन्द्रिय सदस्यमा राखेर अनेरास्ववियु अध्यक्ष पञ्चा सिंहले प्रचण्डलाई रिझाउने प्रयास गरेको भनेर पनि विश्लेषण गरिएको छ ।


    पदम भुजेल
    लेखकबाट थप