• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.6K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार आठ सय १४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार सात सय ३१ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा र एक हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १० जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय २४ रहेको छ ।

    321.jpg

     


    तेस्रो आँखा
    लेखकबाट थप